काठमाडौं । अमेरिकाको एक संघीय न्यायाधीश एलिसन बुरोले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना नदिने ट्रम्प प्रशासनको निर्णयमा अस्थायी रोक लगाएकी छन्।
म्यासाचुसेट्सकी न्यायाधीश बुरोले ट्रम्प प्रशासनको निर्णय कार्यान्वयनले हार्वर्ड विश्वविद्यालयमाथि गम्भीर असर पर्ने तर्क गरेकी छन् । ‘यदि यो प्रतिबन्ध लागू गरियो भने अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयमा तत्काल र गम्भीर असर पर्न सक्छ,’ उनले भनिन् ।
ट्रम्प प्रशासनको विदेशी विद्यार्थी भर्ना प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा बिहीबार हार्वर्डले अदालतमा मुद्दा दायर गरेको थियो ।हार्वर्डले ट्रम्प प्रशासनले जानाजानी विदेशी विद्यार्थीहरूलाई निशाना बनाएको हो र अभिव्यक्तिको स्वतन्त्रता दबाउने प्रयास गरेको आरोप लगाएको छ ।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो प्रतिबन्ध देशको सुरक्षाका लागि आवश्यक रहेको तर्क गरेका छन् । ट्रम्पले विश्वविद्यालय प्रशासनले क्याम्पसमा यहूदीविरोधी गतिविधिहरू रोक्न पर्याप्त प्रयास नगरेको आरोप पनि लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का