काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दबाब बढाउँदै गएको छ ।
आयोगले उनलाई आइतबारदेखि लगातार चार दिनसम्म बयान लिइरहेको छ । आयोगले आज पनि उनीसँग थप बयान लिने तयारी गरेको छ ।
भट्टराईसँगै पक्राउमा परेका ग्रिनलाइन होलिडे ट्राभल्सका सञ्चालक बालकृष्ण खड्का, भट्टराईको आर्थिक व्यवस्थापनमा संलग्न रहेको भनिएका कविता पौडेल र खगेन्द्र सुवेदीसँग पनि आयोगले बयान लिइरहेको छ । उनीहरूको मोबाइल र बैंक खाताको पनि छानबिन भइरहेको छ ।
अख्तियारले जेठ ७ गते भट्टराईलाई उपस्थित हुने शर्तमा नियन्त्रणमा लिएको थियो । बयान र डिजिटल प्रमाणहरूले भिजिट भिसा दुरुपयोगको कार्यमा सरकारी संयन्त्रको उच्च तहसम्मको संलग्नता संकेत गरेको आयोग स्रोतको दाबी छ । अनुसन्धान अझै गहिरिंदै गएको छ, र थप उच्च पदस्थ कर्मचारीहरू मुछिने सम्भावना पनि बढेको आयोग स्रोत बताउँछ ।
अख्तियार स्रोतका अनुसार भट्टराईले संस्थागत र संगठित रूपमा भिजिट भिसा दुरुपयोग गर्ने गिरोह संचालन गर्दै आएको प्रमाण भेटिएको छ । उनका तीन वटा मोबाइलमध्ये एउटा गोप्य मोबाइलमा एजेन्टहरूले पठाएका यात्रुहरूको सूची भेटिएको छ, जसमा कुन व्यक्तिलाई प्रस्थान अनुमति दिनुपर्छ भन्ने उल्लेख छ ।
भट्टराईको साथबाट बरामद तीन मोबाइल र थप दुई अन्य मोबाइलसहित पाँच वटा मोबाइलको डिजिटल फरेन्सिक परीक्षण गराइएको छ । साथै, ल्यापटपमा समेत भिजिट भिसासम्बन्धी ठोस प्रमाणहरू भेटिएको अख्तियार स्रोतले जनाएको छ ।
जेठ ४ देखि आयोगका अधिकारीहरू विमानस्थलमै 'अन्डर कभर' अपरेसनमा खटिएका थिए । सोही अपरेसनको सूचना गृह मन्त्रालयसम्म पुगेसँगै भट्टराईलाई मन्त्रालय तानिएको थियो । तथापि, अख्तियारले जेठ ७ गते भट्टराईलाई उपस्थित हुने शर्तमा नियन्त्रणमा लिएको थियो ।
बयान र डिजिटल प्रमाणहरूले भिजिट भिसा दुरुपयोगको कार्यमा सरकारी संयन्त्रको उच्च तहसम्मको संलग्नता संकेत गरेको आयोग स्रोतको दाबी छ । अनुसन्धान अझै गहिरिंदै गएको छ, र थप उच्च पदस्थ कर्मचारीहरू मुछिने सम्भावना पनि बढेको आयोग स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, ०९ : ४०
लेखकबाट थप