काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ । अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो ।
आज अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ०.९० प्रतिशत घट्यो । बैंकिङ ०.५९, विकास बैंक ०.७१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगनी ०.०८, जीवन बीमा ०.४८, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा ०.६८ तथा अन्य ०.५४ प्रतिशत घटे ।
व्यापार सबैभन्दा ०.४९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा यो सेक्टर बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा दुई कम्पनी यसमा सूचीकृत छन् ।दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।
सुपर माइ हाइड्रोपावरको ७.३४, अरुण कााबेली पावरको ३.३९, माइखोला हाइड्रोपावरको २.८ प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८१, मिडसोलु हाइड्रोपावरको ३.७०, उपकार लघुवित्तको ३.४० तथा सामुदायिक लघुवित्तको ३.३० प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा अरुण काबेली हाइड्रोपावर, राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर र बरुण हाइड्रोपावर छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार