काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सत्तापक्ष र विपक्षी आ–आफ्नो अडानमा टसमस नगरेपछि बैठक विना निष्कर्ष सकिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा बैठकअघि सभामुखले दलका सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति वा न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखे । सत्तापक्ष समिति गठनको लागि तयार भएन । सहमति नभएकाले बैठक अवरोध गर्ने जानकारी विपक्षीहरूले गराएपछि बैठक विना निष्कर्ष सकिएको हो ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनुपर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न सत्ता पक्ष तयार नभएकाले अहिलेसम्म प्रतिनिधिसभामा रहेको अवरोध खुल्ने सङ्केत देखिएको छैन । मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएको प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले आज दिउँसो एक बजेका लागि बोलाएका थिए ।
तर, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेकाले कुनै सहमति बन्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनेको घोषणा भए संसद् चल्न दिने बताइरहेका छन् । तर, समिति बनाउन सत्तापक्ष तयार देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे