काठमाडौं । राजसंस्था पुनस्र्थापना अभियानले फेरि गम्भीर फाटो बेहोर्न थालेको छ । आन्तरिक समन्वयको अभाव, नेतृत्वको विवाद, रणनीतिक मतभेद र पछिल्ला हिंसात्मक घटनाले राजावादी आन्दोलन अस्थिर दिशातर्फ उन्मुख भएको छ ।
सुरुमा एकअर्कालाई नेता मान्न पनि सकस भएका राजावादीहरूबीच पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रिय प्रयासपछि केही एकता देखिएको थियो । शाहले आन्दोलन संयोजनको जिम्मा नवराज सुवेदीलाई र ‘कमाण्ड’ दुर्गा प्रसाईलाई सुम्पिएका थिए । तर सुवेदी र प्रसाईको नाममा असन्तुष्टि राख्ने नेताहरू विशेषगरी कमल थापा र राजेन्द्र लिङ्देन सुरुदेखि नै असहज देखिएका थिए ।
चैत १५ मा काठमाडौंको तिनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि राजावादीहरू एकाएक रक्षात्मक अवस्थामा पुगे । आगजनी, लुटपाट र झडपका घटनापछि आन्दोलनको वैधता माथि प्रश्न उठेको थियो । यसको सम्पूर्ण दोष दुर्गा प्रसाईतर्फ थोपर्दै अरू नेताहरू पछि हट्ने रणनीतिमा लागे ।
यसबीच आन्दोलनको जनसहभागिता खस्किँदै गयो । निरन्तर विरोध कार्यक्रमले थकान सिर्जना गर्नुका साथै आन्तरिक विवाद गहिरिँदै गएपछि राजावादीहरुमा आन्दोलनको मोडालिटीका बारेमा मत बाझिन थालेको राप्रपाका एक पदाधिकारीले सफलखबरसँग भने ।
त्यसपछि पूर्वराजा ज्ञानेन्द्रले फेरि आन्दोलन उठाउने रणनीतिमा पूर्वपञ्च नेता कमल थापा, सुवेदी, लिङ्देन, केशरबहादुर विष्टलगायतलाई एउटै छातामुनि ल्याउन कोसिस गरे । धुलिखेल देखि काठमाडौंको सोल्टी होटलसम्मका लन्च बैठकबाट उनले यी सवै राजावादी नेताहरुलाई एउटै छातामा ल्याउन सफल त भए । तर त्यो देखावटी एकता फेरि धुमिल हुन थालेको छ ।
यो समाचार तयार पार्दासम्म फेरि राजावादी आन्दोलनमा नेतृत्वका बीचमा मत बाझिन थालेको छ । जेठ १५ गते गणतन्त्र घोषणा भएको दिनदेखि राजावादीहरुले राजसस्था पूर्नस्थापनाको आन्दोलन अगाडी बढाउन थालेका थिए ।
राजावादीहरुले १५ जेठबाट आन्दोलन पुनः सुरु गरेपछि आन्तरिक विवाद फेरि सतहमा आउन थालेको छ । खासगरी निरन्तर आन्दोलन गर्ने या चरण चरणमा गर्ने, कार्यक्रमका स्वरुप कस्ता दिने ? भन्ने जस्ता विषयमा सुवेदी, लिङदेन, कमल थापाहरुका आ-आफनै बुझाइ छन् ।
आन्दोलनकै क्रममा केही दिन अगाडी मात्रै बालुवाटार नजिकबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राष्ट्रिय जनआन्दोलन समितिले नेपाल बन्दको घोषणा गर्यो । तर कमल थापा रिहा भइसकेपछि पनि बन्दको निर्णय सच्याउन नमानेपछि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले खुलेर असन्तुष्टि जनायो । थापा समुह आन्दोलनबाट दूरी राख्ने तर्फ उन्मुख भयो भने सुवेदी र उनका पक्षधर भने आन्दोलन उत्कर्षमा पुर्याउने रणनीतिमा अडिग देखिए ।
यसबीच आन्दोलनको जनसहभागिता खस्किँदै गयो । निरन्तर विरोध कार्यक्रमले थकान सिर्जना गर्नुका साथै आन्तरिक विवाद गहिरिँदै गएपछि राजावादीहरुमा आन्दोलनको मोडालिटीका बारेमा मत बाझिन थालेको राप्रपाका एक पदाधिकारीले सफलखबरसँग भने ।
उनका अनुसार, आन्दोलनलाई निरन्तरता दिने वा नदिने विषयमा आन्दोलनरत पार्टीहरुका बीचमा दुई धार देखा परिसकेको छ । पशुपति शम्शेर जवरा, नवराज सुवेदी लगायतका नेताहरु आन्दोलन निरन्तर लैजानुपर्ने पक्षमा छन् । तर, राजेन्द्र लिडदेन लगायतका नेताहरु चरण चरणमा सन्दर्भ पारेर संगठन बनाउँदै आन्दोलन लैजानुपर्ने मत राख्नेमा छन् । जसले राजावादीभित्रै सुसप्तरुपमा असन्तुष्टिको जरा गाडिन थालेपछि अन्ततः आन्दोलनको पहिलो चरण सकिएको घोषणा सुवेदी नेतृत्वको राष्टिय जनआन्दोलन समितिले गरेको छ । उसले दोस्रो चरणका कार्यक्रम तय गर्न आज बैठक बोलाएको छ । तर पछिल्लो तयारी र छलफलको पृष्ठभूमिमा राजावादी आन्दोलनको एकता पुनः खण्डित हुने संकेत देखा परेको छ ।
विश्लेषकहरूका अनुसार स्पष्ट एजेन्डा, साझा नेतृत्व नभएका कारण पनि राजावादीमा एकता देखिएको छैन । अर्काेतिर राजावादी नेताहरुले भने अनुसार राजसंस्था पर्नस्थापना नै भएपनि राजा को बन्ने ? ज्ञानेन्द्र शाह नै बनाउने या हद्दयेन्द्र शाहलाई बनाउने भन्नेमा पनि राजावादीमा मत बाझिएको छ ।
कमल थापा लगायत नेताले हदयन्द्र बनाएर भएपनि सहमति हुन्छ भने राजसंस्था पुर्नस्थापना गर्नुपर्ने मत राखेका छन् । यो विषयले पनि राजावादीमा विवाद देखिएको छ । यसले पनि उनीहरुको आन्दोलन छेउ न टुप्पोको बन्ने स्थिती देखा परेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादीको चर्तरब्युह नारायण मन्दिरमा दिप प्रज्वलन योजना असफल : 'दिप प्रज्वलनको बहानामा निषेधित क्षेत्र मिच्ने योजना'
राजावादीले सुरु गरे धर्ना
राजावादी समूहले शुक्रबार मातीघरमा प्रदर्शन गर्दै
राजावादीहरुको रणनीति : आन्दोलन एक हप्ता टिकाउने, आधिकारिक सूचनामा मात्रै भर पर्न निर्देशन
राजावादीको आन्दोलनमा झडप
उपत्यकामा ३८ सय प्रहरी परिचालित