काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले बगाएको पक्की पुलको सामग्री बिक्री गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् ।रोशी गाउँपालिका– ७ का वडा अध्यक्ष अशोककुमार गौतमलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
२०८२ जेठ १२ गते राति साढे ९ बजेतिर रोशी गाउँपालिका– ७ र नमोबुद्ध नगरपालिका– ६ को सिमानामा रहेको रोशी खोलाको पुल बाढीले बगाएको थियो ।
पुलमा प्रयोग भएका फलामका पार्ट पुर्जाहरू बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका दुई वटा टिपरमा लोड गरिएको अवस्थामा टिपर चालक मानबहादुर तामाङ, रमेश लामा तथा कबाडी व्यवसायी मन्टू कुमार र जितेन्द्र पासवानलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनामा वडा अध्यक्ष गौतमको समेत संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ४ दिनको म्याद लिएर चोरी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ