काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले बगाएको पक्की पुलको सामग्री बिक्री गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् ।रोशी गाउँपालिका– ७ का वडा अध्यक्ष अशोककुमार गौतमलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
२०८२ जेठ १२ गते राति साढे ९ बजेतिर रोशी गाउँपालिका– ७ र नमोबुद्ध नगरपालिका– ६ को सिमानामा रहेको रोशी खोलाको पुल बाढीले बगाएको थियो ।
पुलमा प्रयोग भएका फलामका पार्ट पुर्जाहरू बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका दुई वटा टिपरमा लोड गरिएको अवस्थामा टिपर चालक मानबहादुर तामाङ, रमेश लामा तथा कबाडी व्यवसायी मन्टू कुमार र जितेन्द्र पासवानलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनामा वडा अध्यक्ष गौतमको समेत संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ४ दिनको म्याद लिएर चोरी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ