काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि जवाफ दिन पाउनुपर्ने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपक्षीसँग वार्ता सकारात्मक भएकाले भोलीसम्मको लागि बैठक स्थगित गरिएको बताए ।
उनले भने, ‘गृहमन्त्रीले जवाफ दिन पाउनुपर्छ हाम्रो लगातारको आग्रह त्यही हो । गृहमन्त्री जवाफ दिन तयार हुनुहुन्छ । उहाँले जवाफ दिएपछि मात्रै विपक्षी दलहरूको मागबारे छलफल हुन्छ । त्यसमा उहाँहरू तयार हुनुभएन । उहाँहरूले राजीनामा नभए छानबिन समिति बनाउनुपर्यो भन्नुभयो । जवाफ दिँदा नै विपक्षीहरूको माग सम्बोधन हुनसक्छ ।’
उनले प्रश्न उठेपछि सदनमा आएर जवाफ दिन रोक्ने कुराले गलत नजिर बस्न सक्ने भन्दा पनि विपक्षी तयार नभएको आरोप लगाए । उनले गृहमन्त्रीले बोल्न नपाई विपक्षी राखेको मागबारे छलफल गर्ने परिस्थिति नबनेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमले ऊर्जा ल्याएको छ: महेश बर्तौला
शिक्षा विधेयक राष्ट्रिय महत्वको विधेयक हो : महेश बर्तौला
भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो : महेश बर्तौला
दल विभाजन अध्यादेश सरकारले आवश्यकताको आधारमा ल्याउन सक्छ : महेश बर्तौला
ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला
सरकार ७६ (२) अनुसार नै बन्ने महेश बर्तौलाको दाबी