नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपूर फिल्म ‘धूम-४’ मा देखिने भएका छन् । रिपोर्टका अनुसार, यस फिल्ममा उनको लुक पूर्णतया नयाँ र फरक हुनेछ । यसको लागि उनले तयारी सुरु गरिसकेको बताइएको छ ।
धूम ४ अहिलेसम्म रिलिज भएका धूम फ्रेन्चाइजीका सबै फिल्महरू भन्दा ठुलो साबित हुने र यसको कथा पनि एक्सनले भरिपूर्ण हुने हालैका रिपोर्टहरूले दाबी गरिरहेका थिए ।
पिंकभिल्लामा छापिएको खबरका अनुसार आदित्य चोपडाले श्रीधर राघवनसँग मिलेर धूम ४ को कथा र पटकथा तयार गरिरहेका छन् । उनीहरू हाल यस्तो कथाको ड्राफ्टमा काम गरिरहेका छन् । रणवीर यस फिल्मको लागि उपयुक्त भएको बताइएको छ ।
फिल्ममा रणवीरको भूमिका उनको व्यक्तित्व अनुसार बनाइएको छ । नयाँ धूम फिल्मको एक्सन र कथाले यसलाई संसारका उत्कृष्ट एक्सन फिल्महरूको स्तरमा उभ्याउने पनि बताइएको छ । यस फिल्मको अन्दाज यश राज फिल्म्सले यस अघि बनाएका जासूस युनिभर्स फिल्महरू भन्दा पूर्ण रूपमा फरक हुने भनिएको छ । फिल्मको छायांकन २०२६ को गर्मीयामबाट सुरु हुने खबर छ ।
यो घोषणा पछि प्रयोगकर्ताहरूको प्रतिक्रिया पनि आउन थालेको छ । कसैले रणवीर कपूर फिल्ममा सामेल भएकोमा खुशी व्यक्त गरेका छन् भने कसैले ऋतिक रोशनलाई फिल्ममा कास्ट गर्न माग गरेका छन् । धूम फ्रान्चाइजका ३ फिल्म (धूम, धूम २ र धूम ३) रिलिज भइसकेका छन् ।
पहिलो फिल्ममा अभिषेक बच्चन, जोन अब्राहम, उदय चोपडा महत्त्वपूर्ण भूमिकामा थिए । धूम २ मा अभिषेक बच्चन, ऋतिक रोशन र ऐश्वर्या राय मुख्य भूमिकामा थिए । २०१३ मा रिलिज भएको धूम ३ मा आमिर खानले दोहोरो भूमिका निर्वाह गरेका थिए । कट्रिना कैफ आमिरकी अभिनेत्र थिइन् ।
यतिबेला रणवीरको हातमा कयौँ ठुला फिल्म छन् । नितेश तिवारीको मेगा बजेटको फिल्म रामायणमा भगवान् रामको भूमिकामा उनी देखिदैंछन् । संदीव वांगा रेड्डीको एनिमल पार्कमा पनि उनी देखिँदै छन् । सञ्जय लीला भन्सालीको लभ एन्ड वार पनि उनको पोल्टामा छ । ब्रम्हास्त्रको दोस्रो भागमा पनि उनी देखिने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १२ : २१
लेखकबाट थप