त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुई जना पक्राउ परेका छन्। सोमबार राति आगमन भन्सार क्षेत्रबाट विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट १० किलो ४२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोम्सक पात्चा र भारतीय नागरिक २९ वर्षीय पिरिइरा गिफिन छन्।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा सोम्सकबाट ७ किलो ३१० ग्राम र पिरिइराबाट ३ किलो ११० ग्राम गाँजा फेला परेको हो।
उनीहरूमाथि थप अनुसन्धान गर्न लागुऔषध नियन्त्रण ब्युरोमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु