त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुई जना पक्राउ परेका छन्। सोमबार राति आगमन भन्सार क्षेत्रबाट विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट १० किलो ४२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोम्सक पात्चा र भारतीय नागरिक २९ वर्षीय पिरिइरा गिफिन छन्।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा सोम्सकबाट ७ किलो ३१० ग्राम र पिरिइराबाट ३ किलो ११० ग्राम गाँजा फेला परेको हो।
उनीहरूमाथि थप अनुसन्धान गर्न लागुऔषध नियन्त्रण ब्युरोमा पठाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ