काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद् बैठक सञ्चालन गरिनुपर्ने बताएका छन् । संसद् संवाद गर्ने थलो भएको उनले उल्लेख गरेका छन् ।
गृहमन्त्री रमेश लेखकलाई संसद् बैठकमा बोल्न दिनुपर्नेमा उनले जोड दिएका छन् । मंगलबार (जेठ २०) सामाजिक सञ्जाल फेसबुकमा उनले विगतका घटनाक्रम स्मरण गर्दै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
तत्कालीन समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं त्यति बेलाका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीका विषयमा प्रश्न उठाएको थियो । त्यसपछि लामिछानेले संसद्मा बोल्न समय मागेका थिए । तर, कांग्रेसले उनलाई बोल्न नदिने अडान लिएको थियो ।
“हामीले कांग्रेसको अडान गलत छ, गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्यौँ,” सांसद भट्टराईले विगत स्मरण गर्दै लेखेका छन्, “अन्ततः कांग्रेस अडानबाट पछि हट्यो । रविजीले संसद्को रोस्ट्रमबाट आफनो बचाउ गर्नुभयो ।”
यति बेला त्यस्तै परिस्थिति रहेको उनले उल्लेख गरेका छन् । त्यति बेलाका सत्ता र प्रतिपक्ष भने यति बेला फरक छन् । “आज साइकलको पांग्रा त्यही ठाउँमा आइपुग्यो । हिजो गृहमन्त्रीलाई बोल्न नदिने आज सत्तापक्ष, गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष,” उनले लेखेका छन् ।
आफूहरूको अडान त्यति र यति बेला पनि एउटै रहेको उनले बताएका छन् । “हाम्रो अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ,” उनले लेखेका छन्, “संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ । संसद् सुचारु गर्नुपर्छ । संवाद गर्ने थलो संसद् हो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई