रौतहट । सर्लाही बरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोल तर्फ जाँदै गरेको ना.४६ प.२८२० नम्बरको मोटरसाइकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडमा ३ मिटर तल खस्न जाँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मलंगवा नगरपालिका ४ बस्ने वर्ष ३५ का घनश्याम राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन्।
दुर्घटनामा परी चालक रायको टाउको,निधार र दुबै आँखामाथि गहिरो चोट लागि बरहथवा स्थित एक निजी अस्पतालमा उपचार भइरहेको थियो।
घाइतेको अवस्था गम्भीर भएपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारामा लगेकोमा उपचारको क्रममा बिहान ६ बजे चालक रायलाई मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु