रौतहट । सर्लाही बरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोल तर्फ जाँदै गरेको ना.४६ प.२८२० नम्बरको मोटरसाइकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडमा ३ मिटर तल खस्न जाँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मलंगवा नगरपालिका ४ बस्ने वर्ष ३५ का घनश्याम राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन्।
दुर्घटनामा परी चालक रायको टाउको,निधार र दुबै आँखामाथि गहिरो चोट लागि बरहथवा स्थित एक निजी अस्पतालमा उपचार भइरहेको थियो।
घाइतेको अवस्था गम्भीर भएपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारामा लगेकोमा उपचारको क्रममा बिहान ६ बजे चालक रायलाई मृत घोषणा गरिएको थियो ।
दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते