झापा । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।
उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा आउँदै गरेका १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए
हात्ती धपाउन झापामा विशेष गस्ती