पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोड आठ लाख बढीको भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०८२, १६ : २८
पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोड आठ लाख बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

पुर्वमुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले पदीय मर्यादा विपरीत गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो । 

अख्तियार।का अनुसार सोडारीले सार्वजनिक पद धारण गरेको मिति २०७४।१०।०७ गतेदेखि मिति २०७९।११।१० सम्मको जाँच अवधिमा एक करोड आठ लाख अठ्तीस हजार तीन सय दुई रुपैयाँ र सन्ताउन्न पैसा भ्रष्ट्राचार गरेको देखिएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस