काठमाडौँ । मलेसिया भ्रमणमा रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिमल्सेनाबिच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर बारे छलफल भएको छ ।
राजदूत डा. तिमल्सेनाले अध्यक्ष यादवको सम्मानमा आइतबार राति आयोजना गर्नु भएको स्वागत भोज समारोहमा दुवै पक्षबिच रोजगार र श्रमिक समस्याको विविध आयामबारे छलफल भएको हो ।
छलफल भेटमा अध्यक्ष यादवले मलेसियामा कार्यरत नेपाली श्रमिकको जिउधन र रोजगारको सुरक्षा, कामका दौरान भोग्नु परेको अनेक समस्या समाधानको लागि तदारुकताका साथ पहल गर्न राजदूत तिमल्सेनालाई आग्रह गर्नु भएको छ ।
राजदूत डा. तिमल्सेनाले नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर दूतावासले काम गरिरहेको र आगामी दिनमा थप प्रभावकारी ढङ्गले लाग्ने प्रतिबद्धता व्यक्त गरे । उक्त स्वागत समारोहमा मलेसियन दूतावास परिवार, जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता र सेन्टर फर साउथ एसियन स्टडिज काठमाडौँका निर्देशक डा. निश्चलनाथ पाण्डे र जसपा नेपाल निकट नेपाली समाज मलेसियाको नवनिर्वाचित अध्यक्ष विनोद कुमार यादव लगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता