काठमाडौँ । नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरुद्ध भएपछि आइतबार नेपाल प्रहरीले नि:शुल्क बस सेवा सञ्चालन गरेको हो ।
दुई वटा बस दुई वटा छुट्टाछुट्टै रुटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नु नपर्ने प्रहरीले जनाएको छ । यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्।
सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग
२७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ