काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो ।
काठमाडौ । देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग सरकारले वार्ता सुरु गरेको छ।
गृहमन्त्री रमेश लेखकको पहलमा अहिले सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता र छलफल सुरु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ।
समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो।
समितिले आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन व्यवसायी र यातायात मजदुरलाई आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगजनी, तोडफोड र लुटपाटपछि सिंहदरबारलाई पुनः लयमा फर्काइँदै
सिंहदरबारका डिजिटल डाटा नष्ट नभएको दाबी
सिंहदरबारभित्र छिरे प्रदर्शनकारी
सिंहदरबारभित्रै हरायो श्रम मन्त्रालयको गाडी
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा