एजेन्सी । हमासले इजरायलमा २०२३ अक्टोबर ७ मा आक्रमण गरेपछि २० महिनादेखि जारी युद्धका कारण गाजामा हालसम्मकै गम्भीर संकट उत्पन्न भएको छ । निरन्तर बम आक्रमण, कुपोषण, ठूलो संख्यामा सर्वसाधारणको विस्थापन र सार्वजनिक सुरक्षाको अभावका कारण अहिलेको परिस्थिति अति संकटपूर्ण भएको संयुक्त राष्ट्रसंघअन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार जनाएको छ ।
उक्त कार्यालयका अनुसार राष्ट्रसंघ तथा यसका साझेदार संस्थाहरूले पठाएको राहत सामग्री बोकेका पाँच सवारीसाधनलाई चार दिनपछि पहिलो पटक गाजामा प्रवेश गर्न दिइएको थियो । तर डेइर अल–बलाहको एक अस्पतालका लागि लगिएका ती औषधिजन्य सामग्रीमध्ये अधिकांश लुटिएको सञ्चारमाध्यमले जनाएका छन् । उक्त अस्पतालमा शुक्रबार केही सशस्त्र समूह प्रवेश गरी बालबालिकाको पोषणका लागि राखिएको औषधि र उपकरणहरू लुटेका हुन् ।
केरम शालोम भनिने नाका आसपास क्षेत्रका लागि राहत सामग्री बोकेर पुगेका ६० वटा सवारीसाधन भने द्वन्द्वका कारण फर्कनुपरेको छ । राष्ट्रसंघका महासचिवका प्रवक्ताका अनुसार नाका वरपरको ‘नो म्यान्स ल्यान्ड’ क्षेत्रमा हतियारधारी समूहका गतिविधि बढ्दो रहेकाले अवस्था थप जटिल बन्दै गएको ह
राष्ट्रसंघका अनुसार, झन्डै ८० दिनदेखि आपूर्ति पूर्णरूपमा बन्द गरिएकाले गाजामा स्वास्थ्य तथा खाद्यान्न संकट चरम अवस्थामा पुगेको छ । सीमित मात्रामा गाजामा प्रवेश गरिरहेका सामग्रीले त्यहाँको जनजीवनको मागलाई धान्न सक्ने अवस्था छैन । करिब २१ लाख जनताको आधारभूत आवश्यकता पूरा गर्न उक्त राहत अपर्याप्त रहेको राष्ट्रसंघले उल्लेख गर्दै आइरहेको छ ।
संयुक्त राष्ट्रसंघ र यसका साझेदार संस्थाहरूले विभिन्न कठिनाइका बाबजुद पनि गाजामा आवश्यक सहयोग पुर्याउने प्रयास गरिरहेका छन् । तर इजरायलले गाजामा भित्रिने राहत सामग्रीको मात्रा र प्रकारमा प्रतिबन्ध लगाउँदै नाकाबन्दीलाई झन् झन् कडा पार्दै लगेपछि गाजावासीले भोकमरीकै कारण ज्यान गुमाउनुपर्ने जोखिम बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ जेठ २०८२, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो