काठमाडौं। संयुक्त राष्ट्रसंघले गाजा अहिले ‘धरतीको सबैभन्दा भोकमरीग्रस्त क्षेत्र’ बनेको भन्दै त्यहाँका २३ लाख नागरिक भोकमरीको चरम अवस्थामा पुगेका बताएको छ ।
गाजाको दक्षिणी शहर रफाहको पश्चिमी भागमा राहत वितरण केन्द्र नजिकै इजरायली सेनाले सहायता खोज्दै आएका थप दुई व्यक्तिलाई गोली हानी मारेको छ । अलजजिराका अनुसार आज मात्रै कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीचको युद्धविराम सहमति ‘धेरै नजिक’ रहेको र आजै घोषणा हुन सक्ने सम्भावना रहेको बताएका छन्।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको आक्रमणमा ५४ हजार ३८१ प्यालेस्टिनी मारिएका छन् र १ लाख २४ हजार ५४ जना घाइते भएका छन्।
गाजाको सरकारी सञ्चार कार्यालयले भने मृत्यु संख्या ६१ हजार ७०० नाघेको जनाएको छ। उनीहरूका अनुसार भग्नावशेषमुनि हराइरहेका हजारौं मानिसहरूलाई मृत मानिएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमणमा १ हजार १३९ जना इजरायलीको ज्यान गएको थियो भने २०० भन्दा बढी अपहरणमा परेका थिए।राजनीतिक विश्लेषक ओरी गोल्डबर्ग भन्छन्, इजरायली सरकारको नयाँ बस्ती विस्तारको घोषणा ‘गम्भीर र संकेतपूर्ण’ हो ।
जसले इजरायलले भूमिमा दाबी गर्न अब कुनै संकोच नगरेको देखाउँछ। तर, उनले यसलाई हतास कदम पनि भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा भागदौड हुँदा २१ जनाको मृत्यु
गाजाको मानवीय अवस्था अहिलेसम्मकै गम्भीर : राष्ट्रसंघ
गाजाको राहत वितरणमा लुटपाट र अराजकता : हवाई आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु
इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु
तेस्रो दिन पनि गाजामा हवाई आक्रमण, २० जनाको मृत्यु