काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले शनिबार काठमाडौँमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्त्वपूर्ण र ऐतिहासिक भएको छ,’ उनले भने, ‘समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको छ ।’ राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधैँ सरकारको साथमा रहेको उनले बताए ।
अब साधन स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बजेटमा आएका कुराहरूलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि उनले बताए । उनले खनिजजन्य र नदीजन्य पदार्थको उत्खननमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको बताए । केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ ।
यस्तै, पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टिडिएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।
बजेट मार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरूलाई एकद्ववार भन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए । यस्तै, उनले मौद्रिक नीति र बजेटबिच तालमेल मिलेमा उचित नतिजा आउने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउनुपर्छ : अध्यक्ष ढकाल
नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन गर्नुपर्छ: चन्द्रप्रसाद ढकाल
'वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह'
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरूप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
निजी क्षेत्रको सम्मानले समृद्धिको ढोका खोल्छ : अध्यक्ष ढकाल (पुर्णपाठ)
नागरिक लगानी कोषको रकम उत्पादनमुलक र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्छ : अध्यक्ष ढकाल