एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ तारिख बुधबारदेखि स्टिल र आल्मुनियम आयातमा हालको करको दर २५% बाट बढाएर ५०% पुर्याउने घोषणा गरेका छन्।
पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक र्यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय उत्पादनलाई बढवा दिने र चीनमाथिको निर्भरता कम गर्ने बताएका हुन्।
ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिल बिचको साझेदारीले यस क्षेत्रको स्टिल उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने पनि बताए। यो साझेदारीको विवरण अझै स्पष्ट छैन र दुवै कम्पनीहरूले अहिलेसम्म कुनै सम्झौताको पुष्टि गरेका छैनन्।
र्यालीमा स्टिल कामदारहरूको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘कुनै पनि कामबाट कटौती हुनेछैन र आउटसोर्सिङ हुनेछैन, र प्रत्येक अमेरिकी स्टिल कामदारले चाँडै नै ५ हजार डलर बोनस पाउनेछन् जुन उनीहरूले पाउनु पर्ने हो।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ जेठ २०८२, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?