एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले दुई हप्ता पुरानो कर सम्झौता उल्लंघनन गरेको आरोप लगाएका छन्।
यस महिनाको सुरुमा अमेरिका र चीनले जेनेभामा अस्थायी रूपमा कर घटाउन सहमति जनाएका थिए।
राष्ट्रपति ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन आफूमाथि लगाइएको करका कारण गम्भीर आर्थिक संकटमा फसेको थियो। त्यसपछि अमेरिका र चीनबीच करबारेमा सम्झौता भएको थियो।’
कुनै कारण नदिई उनले अगाडि भनेका छन्, 'चीनले अमेरिकासँग गरेको सम्झौताको पूर्ण उल्लंघन गरेको छ।'
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरले चीनले सम्झौतामा निर्णय गरिएको तरिकाले ती गैरकर अवरोध नहटाएको बताएका छन्। चीनले भने यस विषयमा अहिलेसम्म दिएको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ जेठ २०८२, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता