एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले दुई हप्ता पुरानो कर सम्झौता उल्लंघनन गरेको आरोप लगाएका छन्।
यस महिनाको सुरुमा अमेरिका र चीनले जेनेभामा अस्थायी रूपमा कर घटाउन सहमति जनाएका थिए।
राष्ट्रपति ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन आफूमाथि लगाइएको करका कारण गम्भीर आर्थिक संकटमा फसेको थियो। त्यसपछि अमेरिका र चीनबीच करबारेमा सम्झौता भएको थियो।’
कुनै कारण नदिई उनले अगाडि भनेका छन्, 'चीनले अमेरिकासँग गरेको सम्झौताको पूर्ण उल्लंघन गरेको छ।'
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरले चीनले सम्झौतामा निर्णय गरिएको तरिकाले ती गैरकर अवरोध नहटाएको बताएका छन्। चीनले भने यस विषयमा अहिलेसम्म दिएको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ जेठ २०८२, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी