अख्तियारका डीआईजी श्रेष्ठको सरुवा एक्कासि रोकियो, ओम रानालाई रानीपोखरीमा पदस्थापन

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०८२, ०६ : ४१
अख्तियारका डीआईजी श्रेष्ठको सरुवा एक्कासि रोकियो, ओम रानालाई रानीपोखरीमा पदस्थापन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको छ ।

अबधि नपुगेको भन्दै उनको सरुवा थमौती गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।  

भर्खरै बढुवा भएका डीआईजी ओम बहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ । यसअघि रानालाई अख्तियारमा पदस्थापन गरेर श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको पत्र बाहिरिएको थियो । 

प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालय टंगाल र रानालाई रानीपोखरीमा कामकाज गर्नेगरी खटाउने निर्णय गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस