काठमाडौं। मकवानपुरमा बिच्छीले टोकेर बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया गाउँपालिका-७ मैनाटारका वीरबहादुर वाइबाकी ८ वर्षीया छोरी अस्मिता वाइबा छिन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ ६ बजे नुहाएर कपडा लगाउने क्रममा बिच्छीले उनको कम्मरमा टोकेको थियो। भोलिपल्ट (बिहीबार) दिउँसो २ बजेदेखि उनलाई सास फेर्न गाह्रो भएको थियो।
गाह्रो भएपछि परिवारले उनलाई ७:४५ बजे मात्रै हेटौंडा अस्पताल पुर्याएको थियो। त्यसको एक घन्टामा चिकित्सकले बालिकाको मृत्यु भएको घोषणा गरेको थियो।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु