काठमाडौँ । अभिनयमा आधारित रियालिटी शो ‘एक्टिङ स्टार’को प्रसारण सुरु भएको छ । शो बिहीबारदेखि एपी वान टेलिभिजन र ओएसआर रियालिटीमा एकसाथ प्रसारणमा आएको हो ।
केही महिनाअघि नै डिजिटल अडिसन आह्वान गरेर प्रतिस्पर्धीको खोजी गरिएको ‘एक्टिङ स्टार’ अबदेखि बिहीबार राती ९ बजे नियमित प्रसारणमा आउनेछ । प्रि–जज अडिसन सम्पन्न गरि फिजिकल अडिसन समेत सकिसकेको शोको निर्णायक टिममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेका छन् ।
महक मिडिया नेटवर्कले निर्माण रहेको शोमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म प्रतियोगीको रूपमा देखिनेछन् । अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले निर्माण गरिएको शो का निर्देशक विशाल भण्डारी हुन् । गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि रुचाउने निर्माण पक्षको विश्वास रहेको छ ।
‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’ का विजेताले नगद पुरस्कार राशिसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् । कार्यक्रमको सञ्चालन श्रीजल रुपाखेतीले गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, ११ : ०८
लेखकबाट थप