उत्पादनमा आधारित समाजवादका लागि सबै दलको साझा संकल्प जरुरी : विप्लव

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०८२, १३ : ००
उत्पादनमा आधारित समाजवादका लागि सबै दलको साझा संकल्प जरुरी : विप्लव

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी) का महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले २०६४ सालपछि स्थायित्व दिन नसक्नु माओवादी आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा जनपत्रकार संगठनले बुटवलमा आयोजना गरेको ‘गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्ण सेनको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै विप्लवले आन्दोलनका आदर्शमा नटिकेकै कारण माओवादी विभाजित भएको दाबी गरे।

‘जनताले २०६४ सालमा साथ दिएका थिए। त्यो भन्दा पहिले जनयुद्धमा उस्तै साथ दिएका हुन् तर, माओवादी आन्दोलनले त्यो जनविश्वासलाई संस्थागत गरी स्थायित्व दिन सकेन। यसका गम्भीर समीक्षा हुनुपर्छ,’ उनले भने, ‘अब रूपान्तरणको खाँचो छ। पुराना सोच, अभ्यास र प्रवृत्तिबाट बाहिर ननिस्कने हो भने परिवर्तन सम्भव छैन।’

 

प्रतिक्रिया दिनुहोस