कञ्चनपुर । कञ्चनपुर र कैलालीमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। एक किशोर बेपत्ता भएका छन्।
कैलालीमा सात वर्षीय बालक र कञ्चनपुरमा पाँच वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका १० दमौरामा सोही ठाउँका गणेश चन्दकी सात वर्षीय छोरा ओमकारको खाडलको पानीमा डुबेर मृत्यु भएको छ।
जय अम्बे इँटा उद्योगले इँटा बनाउनका लागि माटो निकाल्दा बनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार राति ती बालकको मृत्यु भएको हो।
पानीमा डुबेपछि गम्भीर बिरामी भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०८२, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु