कञ्चनपुर । कञ्चनपुर र कैलालीमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। एक किशोर बेपत्ता भएका छन्।
कैलालीमा सात वर्षीय बालक र कञ्चनपुरमा पाँच वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका १० दमौरामा सोही ठाउँका गणेश चन्दकी सात वर्षीय छोरा ओमकारको खाडलको पानीमा डुबेर मृत्यु भएको छ।
जय अम्बे इँटा उद्योगले इँटा बनाउनका लागि माटो निकाल्दा बनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार राति ती बालकको मृत्यु भएको हो।
पानीमा डुबेपछि गम्भीर बिरामी भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०८२, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु