एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सेनाले हमासका गाजा प्रमुख मोहम्मद सिनवार 'मारिएको' दाबी गरेका छन्।
मोहम्मद सिनवार इजरायलका मोस्ट वान्टेड व्यक्तिमध्ये एक तथा हमासका पूर्वनेता याह्या सिनवारका भाइ थिए।
दक्षिणी सहर खान युनिसको युरोपेली अस्पतालको आँगन र वरपरका क्षेत्रमा मोहम्मद सिनवारलाई लक्ष्य गरी ठूलो आक्रमण गरिएको थियो। आक्रमणमा हमासको 'भूमिगत पूर्वाधार' ध्वस्त भएको थियो।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले त्यतिबेला २८ जनाको मृत्यु भएको जानकारी दिएको थियो।त्यही क्रममा उनी मारिएको इजरायलका प्रधानमन्त्री नेतन्याहुको भनाइ छ।
हमासले भने सिनवारको मृत्युको पुष्टि वा अस्वीकार गरेको छैन। याह्या सिनवारको हत्या भने इजरायली सैनिकहरूले गत वर्ष अक्टोबरमै गरेका थिए।
उनलाई ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको मास्टरमाइन्ड मानिएको थियो।
६०० दिनअघि इजरायलमा हमासले गरेको आक्रमणमा लगभग १,२०० जना मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो। जवाफमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०८२, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का