यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०८२, ०६ : ४६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ तीन पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस