लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०७५, १७ : २८
लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच  बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच आज  बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गर्नुभयो । उक्त कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ, मार्के्टिङ्ग मेनेजर तीर्थराज पुरी तथा बैंककातर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र बरिष्ठ मार्के्टिङ्ग मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो ।
सो सम्झौता अनुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस