यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०८२, ०७ : २४
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ २४ पैसा र बिक्रीदर १३६ रुपियाँ ८४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५७ पैसा र बिक्रीदर १५५ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ५६ पैसा र बिक्रीदर १८५ रुपियाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ७० पैसा र बिक्रीदर १६५ रुपियाँ ४३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८४ पैसा र बिक्रीदर ८८ रुपियाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ९७ पैसा र बिक्रीदर ९९ रुपियाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८० पैसा र बिक्रीदर १०६ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस