काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डिल्लीराम शर्मालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो। सोही क्रममा शर्मालाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो।
यसैगरी, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ। सरुवा भएका सचिवहरूमा शर्मा र पन्थको जिम्मेवारी टुंगो लाग्न बाँकी थियो। केही समयअघि मात्र उनीहरूको नयाँ जिम्मेवारी तय भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक