काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ ।
वीरगञ्जबाट आएको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिश कुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । ३२ वर्षीय अनिश कुमार सिंहले बसमा लुकाएको १२ किलो १७६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका–४ घर भएका सिंहमाथी प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ । गहनाको बिल, बिजक फेला नपरेको एसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ