युद्धपोत दुर्घटना प्रकरण : उत्तर कोरियामा चार जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०८२, १४ : १५
युद्धपोत दुर्घटना प्रकरण : उत्तर कोरियामा चार जना पक्राउ

सोल । गत हप्ता युद्धपोत उद्घाटनका क्रममा दुर्घटना भएको घटनामा जिम्मेवार ठहर गर्दै उत्तर कोरियाले चार जनालाई पक्राउ गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ । देशका सर्वोच्च नेता किम जोङ उनको उपस्थितिमा गरिएको सो कार्यक्रममा योद्धपोत पल्टेर बन्दरगाहमा आधा डुबेको थियो ।

पक्राउ पर्ने चार जनामा पार्टीको केन्द्रीय समितिको हतियार उद्योग विभागका उपनिर्देशक रि ह्योङ सन पनि रहेका छन् । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार यो दुर्घटनामा मुख्य जिम्मेवार उनलाई बनाइएको छ ।

त्यस्तै, दुर्घटना भएको चोङजिन बन्दरगाहका मुख्य इन्जिनियर काङ जोङ चोल, निर्माण वर्कसपका प्रमुख हान क्योङ हाक र प्रशासनिक मामिलामा उप–प्रबन्ध किम योङ हाक छन् ।

किमले उक्त दुर्घटनालाई ‘आपराधिक कार्य’ ठहर गर्दै यसमा जिम्मेवारलाई कारबाही गर्ने बताएका थिए । बुधबार भएको यस दुर्घटनामा ५ हजार टनको युद्धपोत समयभन्दा अघि नै पानीमा खसेर डुब्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस