डा. शेखर कोइरालाले कुरै नबुझी गृहमन्त्रीको राजीनामा मागे : कांग्रेस प्रवक्ता

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०८२, ११ : ५७
डा. शेखर कोइरालाले कुरै नबुझी गृहमन्त्रीको राजीनामा मागे : कांग्रेस प्रवक्ता

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी नेता डा. शेखर कोइरालाले कुरै नबुझी गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको बताएका छन् ।

सोमबारको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारर्कीहरूसँगको कुराकानीमा प्रवक्ता डा. महतले डा. कोइरालाले कुरा नबुझी सतही रूपमा गृहमन्त्री लेखकको राजीनामा मागेको बताएका हुन् । ‘उहाँले कुरोको गहिराइमा नपुगिकन राजीनामा माग्नुभयो । हामीले गृहमन्त्रीलाई त्यसबारे उहाँलाई बुझाउन भनेका छौँ,’ प्रवक्ता महतले भने ।  

प्रतिक्रिया दिनुहोस