काठमाडौं। रातभर भएका रुसी ड्रोन र मिसाइल आक्रमणमा युक्रेनमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । युक्रेनको पश्चिमी ख्मेलनित्स्की क्षेत्रमा चार जनाको मृत्यु भएको छ । कीभ क्षेत्रमा तीन र दक्षिणी शहर माइकोलाइवमा एक जनाको मृत्यु भएको रिपोर्ट आएको छ ।
यो हमला कीभमा अहिलेसम्मकै एक भीषण हवाई आक्रमण भएको भोलिपल्ट भएको हो, जसमा कम्तीमा १३ जनाको ज्यान गएको थियो।
यसैबीच, रुसी रक्षा मन्त्रालयले शनिबार राति चार घण्टाको अवधिमा युक्रेनका ९५ ड्रोनलाई नष्ट वा अवरुद्ध गरिएको जनाएको छ। यी ड्रोनहरू विभिन्न रुसी क्षेत्रमा, त्यसमा पनि राजधानी मस्कोलाई लक्षित गर्दै पठाइएको बताइएको छ । घटनामा कुनै जनधनको क्षति नभएको जनाइएको छ ।
ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थलमा केही समयका लागि उडान स्थगित गरिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लभिभमा रुसी आक्रमणमा परेर मर्नेको सङ्ख्या ७ पुग्यो