अनलाइन पत्रकारको अध्यक्षमा शिव सत्याल निर्विरोध निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०८२, १२ : ०६
अनलाइन पत्रकारको अध्यक्षमा शिव सत्याल निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको एसोसिएट संस्था अनलाइन पत्रकार सङ्घ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको १४ औँ वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सङ्घको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त, सचिवमा विकासन्युजका सन्तोष रोकाया, कोषाध्यक्षमा इक्विटी नेपालका निर्दोष घोरसाइने साथै सदस्यहरूमा बाह्रखरीका कृष्ण लोत्थ्याल, कान्तिपुरकी पुष्पा केसी र हिमवतखण्ड डटकमका श्रीकृष्ण धिमाल चयन भएका छन् ।

सङ्घको १४ औँ साधारणसभामा संस्थापक अध्यक्ष केपी ढुङ्गाना नेतृत्वको निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको घोषणा गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल थिए ।

प्रतिक्रिया दिनुहोस