काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् । महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।
पौडेलले भने,‘महामन्त्री ज्यूले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्नुहुनेछ ।’ कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ ।
पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ । यसबारेमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा