भोजपुर । मकैबालीमा फौजी कीराको समस्या बढ्न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।
वैशाख अन्तिम साताबाट अमेरिकन फौजी कीराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको कृषक धनबहादुर थापाले बताए ।
कीराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ ।
जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी कीराको समस्या देखिएको किसानको भनाइ छ ।
कीराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेको किसानको भनाइ छ ।
बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी कीराको समस्या देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
कीरा नियन्त्रणका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको मकैमा अमेरिकन फौजी कीराको संक्रमण
कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन
केरा खेती मासेर व्यावसायिक मकै खेती
जाजरकोटमा हावाहुरीले घोगा लाग्न थालेका मकैमा क्षति, किसान चिन्तित
मकैको चनाचटपटे बेचेर आत्मनिर्भर बन्दै
विगत ३५ वर्षदेखि मकै बेचेर जीविकोपार्जन