अब चिनसँगकाे सीमा क्षेत्रमा पनि सशस्त्र प्रहरी तैनाथ

पत्रपत्रिकाबाट

आइतबार, ०२ मंसिर २०७५, ०८ : ४९
अब चिनसँगकाे सीमा क्षेत्रमा पनि सशस्त्र प्रहरी तैनाथ

काठमाडौँ । दक्षिणी सीमाको सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल अब उत्तरी सीमामा पनि केन्द्रित हुने भएको छ । ताप्लेजुङदेखि बझाङसम्म ११ ठाउँ बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) राख्ने तयारी अन्तिम चरणमा छ ।

मन्त्रिपरिषद्बाट सशस्त्र प्रहरी बलको दरबन्दी हेरफेर तथा सांगठनिक पुन:संरचनासम्बन्धी प्रतिवेदन पास भएसँगै संगठनले उत्तरी सीमा जोडिएका १६ जिल्ला सदरमुकाममा गुल्म राखिसकेको छ ।
बीओपी राख्न ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लप्ची, गोर्खाको चुमनुब्री, मनाङको नार्फु र मिस्याङ चंकी, मुस्ताङको लोमाङथाङ, मुगुको नाम्चेनाङला, डोल्पाको बुद्धतिङले, हुम्लाको नाम्खाहिल्सा, दार्चुलाको झाङरु, बझाङको काँडाधुली छानिएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
 

प्रतिक्रिया दिनुहोस