सप्तरी । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा शनिबार इँटा बोकेको ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा २ जनाको मृत्युभएको छ भने १ जना घाइते भएका छन्।
मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो। दुवै जनालाई उपचारका लागि लाँदा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका-२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नंको ट्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका-१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु
खोलामा डुबेर दुई बालकको मृत्यु
ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु