नेविसंंघ विवादले कांग्रेस नेतृत्वसमेत विभाजितः आज २ बजे पुनः बैठक बस्दै

पत्रपत्रिकाबाट

आइतबार, ०२ मंसिर २०७५, ०८ : ३७
नेविसंंघ विवादले कांग्रेस नेतृत्वसमेत विभाजितः आज २ बजे पुनः बैठक बस्दै

काठमाडौँ  । नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको छ ।

नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण महाधिवेशन नभएपछि झन् रडाको मच्चिएको छ । 

पार्टीले महाधिवेशनका लागि तीन महिना समय थप गरेको थियो । थप तीन महिनामा पनि महाधिवेशन हुने सकेन । फेरि म्याद थप्ने नथप्ने बारे शीर्ष नेताहरुबीच विवाद भयो । 

कांग्रेस शीर्ष नेताहरुबीच नेविसघ भंग गर्ने कि यही कार्यसमितिलाई तदर्थ समिति बनाएर अधिवेशनको वातावारण बनाउने भन्ने बारे शनिबार रातिसम्म सहमति हुन नसकेपछि आइतबार (आज) दिउँसो २ बजेका लागि अर्को बैठक आह्वान गरिएको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस