एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी)लाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ४२ रनले पराजित गरेको हो।
सनराइजर्सले दिएको २३२ रनको लक्ष्य पछाएको बैंगलुरु १९ दशलमव ५ ओभरमा १८९ रन मात्रै बनाउन सक्यो । बैंगलुरुका लागि फिल साल्टले सर्वाधिक ६२ रन बनाए भने विराट कोहलीले ४३ रनको योगदान गरे ।
सनराइजर्सका बलर प्याट कमिन्सले ३ विकेट लिए भने इशान मालिंगाले २ विकेट झारे । यसअघि पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै २३१ रन बनाएको थियो।
सनराइजर्सका लागि इशान किशनले सर्वाधिक ९४ रन बनाएका थिए भने अभिषेक शर्माले ३४ रन बनाएका थिए । प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको १३ खेलमा ११ अंक भएको छ भने आठौं स्थानमा रहेको छ । हारपछि रोयल च्यालेन्जर्स बैंगलुरु भने तेस्रो स्थानमा झरेको छ । बैंगलुरुको १३ खेलमा १७ अंक रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, ०८ : २९
लेखकबाट थप