काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि गणतन्त्रको सुदृढीकरण तथा संविधानको संशोधन आवश्यक रहेको बताएका छन् ।
सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनीतिक समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले समस्या समाधानका लागि एजेन्डाहरू प्रस्तुत गरे ।
सामाजिक न्याय स्थापना तथा समाजमा भएका विद्यामान विभेदको अन्त्य गरी समुन्नत समाज निर्माण गर्नुपर्नेमा उनले जोड दिए । शर्माले शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा गणतन्त्रको सुदृढीकरण गर्न संविधान संशोधन आवश्यक रहेको बताए ।
‘राष्ट्रियताको रक्षका लागि आर्थिक सुदृढ, कुटनीति तथा सन्तुलित परराष्ट्र नीति र सुरक्षा नीतिको विकास गर्नुपर्छ । संविधानको रक्षा गरी सर्वसुलभ सेवा दिने गरी प्रभावकारी कानुन निर्माण गर्ने, सङ्घीयता, गणतन्त्रलाई थप सुदृढीकरण, समावेशी, निर्वाचन प्रणालीका लागि संविधान संशोधन, न्यायालयको पुनर्संरचना गर्नेतर्फ अघि बढ्नुपर्छ’, उनले भने ।
सामाजिक न्याय स्थापनाका समाजमा विद्यामान विभेदको अन्त्य हुनुपर्ने उनको भनाइ छ । अझै पनि नेपालमा जातीय, भाषिक, सामाजिक, भौगोलिक, लैङ्गीक आदि विभेदको अन्त्य हुन सकेको छैन’, शर्माले भने, ‘सामाजिक न्यायको सवालमा, राज्य समुदाय र आम नागरिकको भूमिका स्पष्ट गर्दै सामाजिक आर्थिक रूपान्तरण, रोजगारी समृद्धि एवं सुशासनको अभियानमार्फत जनचेतना अभिवृद्धि गर्नुपर्छ ।’
गरिबी अन्त्य तथा रोजगारी सिर्जना गर्न श्रम योग्य व्यक्तिलाई तालिम, स्रोत र साधनमा आधारित उत्पादन र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुपर्ने, बिउ, पुँजी, साधन स्रोतसम्बन्धी योजना तयार पार्ने, अर्थतन्त्रको पुनर्संरचना गर्ने, राष्ट्रलाई आवश्यक पर्ने सडक, यातायात, विद्युतीकरण, सामुदायिक विकास तथा सार्वजनिक घरहरू निर्माण गर्ने, स्वास्थ्य, शिक्षाको गुणस्तर विकासमा ध्यान जान आवश्यक भएको शर्माले बताए ।
उनले राष्ट्रियताको रक्षका लागि आर्थिक सुदृढ, कुटनीति तथा सन्तुलित परराष्ट्र नीति र सुरक्षा नीतिको विकास गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा