बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्नेछन् ।
प्रस्तावलाई सभामुख तुलाराम घर्तिमगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
गत जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सुदूरपश्चिम प्रदेश सभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बागमती प्रदेश सभा: आजदेखि बजेटमा छलफल