यस्तो भयो आन्तरिक राजश्व कार्यालय भरतपुरले कर दिवसका अबसरमा निकालेको प्रभातफेरी

सफल खबर संवाददाता

शनिबार, ०१ मंसिर २०७५, १८ : २६
यस्तो भयो आन्तरिक राजश्व कार्यालय भरतपुरले  कर दिवसका अबसरमा निकालेको प्रभातफेरी

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले सातौं राष्ट्रिय कर दिवस २०७५ को अबसरमा आज विहान प्रभातफेरी निकालेको छ । उद्योग वाणिज्य संघ चितवनको कार्यालय नारायणगढबाट निकालेको प्रभातफेरी पुलचोक, सहिदचोक, लाईन्सचोक, चौबिसकोठी हुँदै कार्यालय परिषरमा आएर सभामा परिणत भएको थियो ।
कार्यालयले आज देखि मंसिर  ६ गतेसम्म कर सप्ताहा अन्तर्गत बिभिन्न कार्यक्रमहरु संञ्चालन गर्ने छ ।  राष्ट्रिय कर दिवस २०७५ को मुल नारा “कर : समृद्ध नेपाल, सुखी नेपालीको भर” रहेको छ । 

कार्यालयका कर अधिकृत धनिश्वर अर्यालका अनुसार मंसिर १ गते प्रभातफेरी र सरसफाई कार्यक्रम, २ गते रेडियोमा अन्तक्र्रिया, पहिलो सेवा ग्राहीलाई सम्मान र दर्ता एबं दर्ता खारेजीका बिषयमा अन्तर निकाय छलफल तथा अन्तक्र्रिया, ३ गते उद्योग बाणिज्य संघ चितवनसँग आर्थिक ऐन २०७५ ले दिएका सुबिधाका सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम गर्ने भएको छ ।

यस्तै मंसिर ४ गते उद्योग बाणिज्य संघ रत्ननगरसँग आर्थिक ऐन २०७५ ले दिएका सुबिधाका सम्बन्धमा अन्तक्र्रिया यस्तै ५ र ६ गते उद्योग बाणिज्य संघ ईच्छाकामना र उद्योग बाणिज्य संघ खैरहनीका करदाताहरु सँग अन्तक्र्रिया गरि ६ गते कर दिवस समापन समारोह गरिने उहाँले बताउनु भयो । सोहि दिन करदाता तथा कर्मचारी सम्मान समेत गरिने अर्यालले बताउनु भयो ।

प्रभातफेरी पछि आयोजित सभामा बोल्दै चितवनका उद्योगि व्यवसायीहरुले कर मैत्री जना र जनता मैत्री कर प्रशासन आजको आबश्यकता रहेको बताएका थिए । अहिले कर तिर्नु पर्छ भन्ने बित्तिकै जनता त्रसिने गरेको भन्दै जनतामा कर हाम्रौ लागि हो भन्ने वनाउन आबश्यक रहेको उनिहरुको भनाई थियो । व्यावसायीहरुले उद्योग मैत्री निति ल्याएर कर उठाउन आग्रह गरेका थिए ।
कार्यक्रममा चितवनका साहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग वाणिज्य संघ रत्ननगरका भिमनारायण श्रेष्ठ, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, च्याम्बर अफ कमर्श चितवनका अध्यक्ष दिर्घमान श्रेष्ठ, अडिटर्स एसोसियसन अफ नेपाल चितवनका अध्यक्ष देबि प्रसाद डल्लाकोटी लगाएतले बोल्नु भएको थियो ।

सो अबसरमा कार्यालयका प्रमुख शुब प्रसाद रिजालका अनुसार चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयमा ४८ हजार ३ सय ७१ करदाता रहेको जानकारी दिनु भयो । उहाँका अनुसार व्यक्तिगत पान नम्बर लिने ३२ हजार ६ सय ९५, मुल्य अभिबृद्धि करमा दर्ता भएका ७ हजार ७ सय ३५ र अन्तशुल्क ईजाजत नबिकरण गरेका ३ हजार ४ सय ४३ रहेका छन् ।
कार्यालयले यस आर्थिक वर्षमा हाल सम्म ९ अर्ब ४१ करोड राजस्व संकलन गरेको उहाँले बताउनु भयो । यो लक्ष्यको १ सय १४ प्रतिशत हो । यो आर्थिक वर्षमा कार्यालयले २७ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस