चितवन । चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँएको छ । उक्त घटनामा परि ७ जना घाइते भएका छन्।
चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत गाईघाटमा बिहीबार (आज) बिहान दुई ट्रक एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका हुन्।
आज बिहान करिब ६:५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेर दुवै ट्रकका चालक सहित अन्य सवार ७ जना घाइते भएको जनाएको छ।
घाइते सबैको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै ट्रकमा क्षति पुगेको छ। घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य सम्पन्न गरेको र अहिले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राजधानीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते