काठमाडौँ । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ डामाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विपलव कुमार कर्ण र काठमाडौं महानगरपालिका(३१ बस्ने रामेछाप घर भएका २७ वर्षीय सुजन घिसिङ तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विपलवलाई ललितपुर इमाडोलबाट र सोही मुद्दामा फरार रहेका सुजनलाई काठमाडौं जोरपाटीबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये विपलवलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने सुजनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको प्रहरी वृत्त महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ