काठमाडाैँ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार नै प्रहरी नियमावलीअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना समेत प्रकाशित गरिसकेको छ ।
सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
प्रहरीका २५ जना एसपीलाई एसएसपी
पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?
प्रहरीका पाँच प्राविधिक एसएसपीको बढुवा सिफारिस
दिल्ली कन्सुलरसहित तीन एसएसपीको सरुवा
सशस्त्रका १५ जना एसएसपीहरुको सरुवा