काठमाडौँ । नेपाल प्रहरीका दुई जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । बढुवा भएका ११ जना एसएसपीलाई पदस्थापन गरिएको छ । गृहमन्त्री रमेश लेखकले बुधवार सरुवा र पदस्थापनको निर्णय गरेका हुन् ।
प्रदेश प्रहरी कार्यालय बागमतीका कार्यरत सञ्जय सिंह थापालाई हेडक्वार्टरस्थित कल्याण महाशाखामा सरुवा गरिएको छ । गण्डकी प्रदेशमा कार्यरत कृष्णबहादुर पल्लीमगरलाई प्रदेश समन्वय विभागमा ल्याइएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयमा तुलबहादुर कार्कीलाई पदस्थापन गरिएको छ । कार्कीसहित ११ जना बुधवार एसएसपीमा बढुवा भएका हुन् । बढुवा भएका प्रवीण धिताललाई बागमती प्रदेश प्रहरी कार्यालयमा, राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, कमल थापालाई मधेस प्रदेश प्रहरी कार्यालय, राजीव बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत र दीपेन्द्र शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरमा पदस्थापन गरिएको छ ।
प्रकाश रानाभाटलाई सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । ज्ञानेन्द्र फुयाँललाई कार्य विभागमा काज गरिएको छ । दीपक पोखरेललाई कोशी प्रदेश प्रहरी कार्यालय, दयानिधि ज्ञवालीलाई कार्य विभाग र केदार खनाललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ साउन २०८२, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका २८ एसएसपी सरुवा (सूचीसहित)
यी ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
प्रहरीका २५ जना एसपीलाई एसएसपी
पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?