काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट ४ किलो ६ सय ४० ग्राम गाँजासहित भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ