काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट ४ किलो ६ सय ४० ग्राम गाँजासहित भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ